राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै, स्थानियले गरे राजमार्ग अवरुद्ध

काठमाडाैं | जेठ २१, २०७९

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै, स्थानियले गरे राजमार्ग अवरुद्ध

सिरहा:    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।

 

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् । 

    

हिजो तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला प्रशासन कार्यालय, मिर्चैया नगरपालिका, सडक डिभिजन कार्यालयलगायत निकायलाई गुहारे पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।   

  

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप हुदाँ पनि सम्बन्धित सरोकारवाला निकायले मर्मतसम्भार गर्न ध्यान नदिएको उनीहरुको आरोप छ ।  राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्ष अविरल वर्षाका कारण भत्किदा पनि अझैसम्म टालटुल हुन सकेको छैन । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस स्टेसनमा रहेका ठूलाठूला खाल्डाखुल्डीले पैदल यात्रीलाई पनिआवातजावत गर्न समस्या भइरहेको छ । 

    

सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको र चालकले पनि जोखिम मोलेरै सवार िसाधान चलाइरहेकाले छिटै कालोपत्रे गरेर दिगो समाधान गर्न ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो । नगरप्रमुख श्रवणकुमार यादवले सडकको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्